सावधानः बन्द कोठाभित्र तातो गराउँन बालिने हिटरले मानिसको ज्यानै लिन सक्छ !

८ पुष २०७६, मंगलवार ११:३७

काठमाडौं , जाडोबाट बच्नको लागि हिटर बालेर सुत्ने प्रचलन छ । न्यानोको लागि हिटर सजिलो उपाय मानिन्छ ।तर बन्द कोठाभित्र तातो गराउँन बालिने हिटरले मानिसको ज्यानै समेत लिन सक्छ भन्ने कुरा कमै व्यक्तिलाई मात्रै थाहा छ।हिटरले अक्सिजनलाई जलाउँछ । लामो समयसम्म यसको प्रयोग गर्दा सास फेर्न गाह्रो हुने र मृत्युसमेत हुने गरेको डाक्टरहरु बताउँछन् । विशेषगरी बालबालिका र वृद्धवृद्धालाई यसले छिटो असर गर्ने हुँदा उनीहरु सुत्ने कोठामा यस्ता इलेक्ट्रोनिक सामानको प्रयोग गर्नुहुँदैन ।

हिटरको प्रयोग गर्दा केही समय खोल्ने र बन्द गर्ने गरिरहनुपर्छ जसले कोठामा अक्सिजनको मात्रा सन्तुलनमा राख्छ र मानिसको ज्यान जोखिममा पर्नबाट बचाउँछ ।यसैगरी, हिटरबाट तातो हावा निस्किने र त्यसको लामो समयसम्म प्रयोग गरिरहँदा रोग लाग्ने पनि विज्ञहरु बताउँछन् । अक्सिजनलाई जलाउने र कार्बनमनोअक्साइड ग्यास जम्मा हुने हुँदा जसले गर्दा पनि मानिसको मृत्यु हुने गरेको छ ।त्यसैगरी, यसको प्रयोगले टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, डराउने, स्मरण शक्तिमा ह्रास, पेट दुखाइ, मुटुको धड्कन बढ्ने जस्ता समस्याहरु देखापर्दै जान्छन् । यदि यसको प्रयोग गर्ने नै हो भने झ्याल खुला राख्ने गर्नुपर्छ ।