सभामुख चयनको प्रक्रिया पुस ११ गतेबाट सुरु हुने

४ पुष २०७६, शुक्रबार १६:२४

काठमाडौं, प्रतिनिधिसभामा सभामुख चयनको प्रक्रिया आगामी पुस ११ गतेबाट सुरु हुने भएको छ।

शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सं‌सदको अर्को बैठक पुस ११ गते दिउँसो १ बजे बस्ने तय गरेको हो। सोही बैठकले सभामुख चयनको प्रक्रिया अघि बढाउने छ।