यी ५ रोग भएका व्यक्तिले जाडोको मौसममा अदुवाको प्रयोग नगरौ

४ पुष २०७६, शुक्रबार १६:०७

अदुवा प्राय मसलाको सुचीमा समावेश हुँदैन तर यसको उपयोगीता भने कम छैन । यसको स्वाद मसलाको भन्दा केहि कम हुदैन । विवाह, वर्तबन्ध,भोज होस वा दैनिक जिवनमा होस अदुवाको प्रयोगले भोजन स्वादिष्ठ बनाउनुको साथै चिसो हुनबाट जोगाउछ पवित्र अदुवास्अदुवा संस्कृत शब्द अर्धकको अपभ्रंश हो यसले सुख्खापन हटाएर वृद्धि समेत गर्दछ । अदुवालाई सात्विक मानिन्छ र ब्रम्ह्रचारी बौद्ध भिक्षुहरुले पनि यसलाई आफ्नो भोजनमा समावेश गर्दछन् ।

सबै मौसममा ठिक अदुवा गुणस्तर भनेको भोजनलाई स्वादिष्ठ बनाउनु हो । यसले गर्मीमा शरीर र दिमागलाई शान्त बनाउँछ र जाडोमा चीसो मसलाको रुपमा चियामा पनि प्रयोग हुन्छ । अदुवालाई सकाएर सुठानी बनाइन्छ ।

जुन महिलाहरु सुत्केरी भएको बेलामा प्रयोग गरिन्छ ।खोकी हटाउनेस्अदुवालाई औषधीको रुपमा प्रयोग गर्न पनि सकिन्छ । शरीरमा पाचनसंगै कफलाई पनि राहत दिन्छ ।यस्ता केहि समस्या हुनेहरुले अदुवाको प्रयोग गर्न नहुने चिकित्सकको भनाई छ।

१ । अदुवा धेरै सेवन गर्दा रगतमा सुगरको मात्रा बढ्ने हुँदा मधुमेहका बिरामीहरुले पनि अदुवा खानु हुँदैन ।
२। पेटको समस्या छ भने अदुवा सेवन गर्नु हुदैन । अदुवाले शरीरमा एसिडको मात्रा बढाउने हुँदा समस्या बल्झन्छ ।
३ ।महिलाहरुलाई महिनावारीको समस्या छ भने पनि अदुवा सेवन गर्नु हुँदैन । रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखाँदा नै बेस हुन्छ ।

४। उच्च रक्तचापका बिरामीले पनि अदु्वा खानू हुँदैन ।। गर्भवतीले पनि अदुवा नखाँदा नै ठीक हुन्छ । पछिल्लो तीन महिना त झनै अदुवा खानुहुँदैन ।

६ । तौल बढाउन चाहनेले पनि अदुवा नखाएको राम्रो ।औषधि सेवन गरिरहेकाले पनि सकभर अदुवा खानूहुँदैन । किनकि, यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ ।(आजको अर्थबाट )