
काठमाडौं , नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिट र पूर्वप्रधानमन्त्री, नेकपाका वरिष्ठ नेता तथा विदेश मामला विभाग प्रमुख माधवकुमार नेपालबीच शिष्टाचार भेटवार्ता भएको छ ।
नेपालको नीजि निवास कोटेश्वरमा शुक्रबार भएको भेटघाटमा नेपालको राजनीति, लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियामा बेलायतको सहयोगका बारेमा कुराकानी भएको नेपालको सचिवालयले जानकारी दिएको छ ।
