मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

४ पुष २०७६, शुक्रबार १५:१०

काठमाडौं , काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, चन्द्रागिरि, नागार्जुनन, कीर्तिपुरलगायतका क्षेत्रबाट पछिल्ला केही दिनयता मात्रै ९ मोटरसाइकल हराएका छन् ।

प्रहरीले हराएका मोटरसाइकलसहित ११ जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका अनुसार, मदन तामाङ, सोम सुनार, सन्दीप गुरुङ, सन्तोष गोले छन् । त्यस्तै, नवलपरासीका भरत थापा, चन्द्रागिरिका रिन्जेन मोक्तान, काभ्रेपलाञ्चोकका इन्द्रबहादुर तामाङ र गणेश लामा, सिन्धुलीका विक्रम भुजेल, बर्दियाका राजु पौडेललाई पनि प्रहरीले मोटरसाइकल चोरी संलग्नको आरोपमा नियन्त्रणमा लिएको छ ।

चोरी मुद्दा दर्ता गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।