
काठमाडौं , कैलाश गुरुङले निर्देशन गर्ने चलचित्र ‘चालबाज’ मा कलाकार फेरिने क्रम चलिरहेको छ । सुरुमा अभिनेत्री केकी अधिकारीले काम गर्ने निधो भएको यो चलचित्रमा उनको ठाउँमा वर्षा शिवाकोटीले काम गर्ने भएकी छन् ।
अभिनेत्री अधिकारी हाल चलचित्र ‘झिंगे दाउ’ को छायांकनमा व्यस्त छिन् । समय दिन नभ्याएपछि उनको सट्टामा अभिनेत्री वर्षा सिवाकोटीलाई चलचित्रमा ल्याइएको निर्माण पक्षले जनाएको छ ।
शुक्रबारबाट अभिनेत्री सिवाकोटीले चलचित्रको छायांकनमा जाने तयारीमा रहेको जनाइन् । अरुण तामाङको लगानीमा बनिरहेको यो चलचित्रको छायांकन दार्जिलिङमा भइरहेको छ । चलचित्रको सौरभ लामाले छायांकन गरिरहेका छन् ।
केही दिनअघि नव–नायक अविनाश प्रधानको स्थानमा अभिनेता पुष्प खड्कालाई लिइएको थियो । चलचित्रको छायांकन भइरहेको पनि कलाकार हेरफेरको क्रम भने जारी रहेको छ ।
