फिल्म आमा को ट्रेलर सार्वजनिक (भिडियो)

३ पुष २०७६, बिहीबार १४:३४

काठमाडौं , फिल्म आमा को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक दिपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशनमा तयार भएको फिल्म आमाको ट्रेलर बिहिबार युट्युबमा सार्वजनिक भएको हो । यो फिल्म नेपालकै पहिला फिल्म ‘आमा’को नाम सापटी लिएर निर्माण गरिएको हो । फिल्मको ट्रेलरमा आमाको महत्व र मायालाई दर्साइएको छ । फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा छिन ।

यस फिल्ममा नायिका सुरक्षा पन्तले अर्ध मुण्डन गरेकी छिन् । फागुन ९ मा रिलिज हुँने तयारीमा रहेको यस फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।