जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

३ पुष २०७६, बिहीबार १३:३९

उदयपुर , उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–३ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

उदयपुरगढी गाउँपालिकाका वडाअध्यक्ष मनोज कार्कीका अनुसार बिहिबार बिहान ७ः३० बजे भारतको सिक्किमबाट फर्कदैँ गरेको भारतीय नम्बर प्लेटको एस के ०१ पिबी ३०६८ नम्बरको जीप दुर्घना भएको हो ।

मृत्यु हुनेहरुमा उदयपुरगढी गाउँपालिका–३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्माली मगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठ रहेका छन् ।

घाइतेहरुको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको र तीन जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ ।