
धनगढी, रमन कन्स्ट्रक्सनका कारण कैलाली र कञ्चनपुरमा लागू भएको क्षेत्रीय सहरी विकास आयोजना अन्योलमा परेको छ। पाँच वर्षमा सक्ने लक्ष्य रहेको आयोजना अढाई वर्ष बितिसक्दासम्म निर्माण सुरु भएको छैन।
असारमै प्राविधिकमूल्यांकन गरेर केन्द्रमा पठाइएका फाइल आर्थिकमूल्यांकनका लागि फिर्ता आएका छैनन्। कैलालीको धनगढी उपमहानगर र गोदावरी नगर, कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्त नगरमा ११ अर्ब लगानीसहितको क्षेत्रीय सहरी विकास आयोजना लागू भएको थियो।
आयोजनाअन्तर्गत धनगढी उपमहानगरमा साढे १० किमि, गोदावरी नगरमा १५ किमि र शुक्लाफाँटा नगरमा ४ किमि अत्याधुनिक सडकको टेन्डर भइसकेको छ।
आयोजनाको धनगढीस्थित कार्यालयले तीनवटै स्थानीय तहमा सडक निर्माणका लागिपरेका टेन्डरको प्राविधिकमूल्यांकन गरी क्षेत्रीय सहरी विकास आयोजना समन्वय कार्यालय काठमाडौंमा पठाइसकेको छ।आजको अन्नपूर्ण पोष्टबाट
