उपभोक्ता समितिबिना खानेपानीका पूर्वाधारको विकास सम्भव छैनः मन्त्री मगर

२९ मंसिर २०७६, आईतवार १५:३९

काठमाडौं , खानेपानी मन्त्री विना मगरले खानेपानी उपभोक्ता समितिबिना खानेपानीका पूर्वाधारको विकास सम्भव नभएको बताउनु भएको छ । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको पाँचौ वार्षिक साधारणसभालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री मगरले खानेपानी आयोजना सञ्चालनका लागि उपभोक्ताहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको हो ।

उहाँले पछिल्लो समय उत्पन्न भएका खानेपानी उपभोक्ता समितिहरुका समस्या समाधानका लागि सरकार गम्भिर रहेको समेत बताउनु भयो ।