
एजेन्सी , सलमान खान बलिउडमा सदाबहार चर्चामा आउने अभिनेता हुन् । धेरैजसो बलिउडमा नयाँ हिट फिल्म दिएर चर्चामा आइरहने सलमान पछिल्लो समय फिल्म दवंग ३ को प्रमोशनमा ब्यस्त छन् । उक्त फिल्ममा उनले अभिनेत्री सोनाक्षीसँग अभिनय गरेका छन् ।
सलमानसँग फिल्ममा सँगै खेलेको लिस्टमा दीपिका पादुकोणको नाम छैन । यसैक्रममा हालै एक अन्तरवार्तामा सलमान खानले दीपिकासँग फिल्म नखेल्नुको कारण खुलाएका छन् । डिएनएसँगको कुराकानीमा उनले भने म पनि दीपिकासँग कहिले काम गर्न पाउँछु भनेर आतुर छु ।अन्तवार्तामा उनले यो कुरा हास्दै भनेका हुन् । उनले भने हामि दुइको कुरा लिएर अहिले सम्म कोही आएको छैन ।
