बम ठानेर डिस्पोज गर्दा भेटियो चरेस

२९ मंसिर २०७६, आईतवार ११:४१

बर्दिया , ठाकुरबाबा नगरपालिका –२ सिंहवाहिनीका एक स्थानीयले शनिबार विहान आफ्नो घरअगाडि बेवारिसे झोलासहित शंकास्पद बस्तु देखे । राजमार्गछेउमै कालो झोलामा डल्लोजस्तो देखिने बस्तु देखेपछि उनी त्रसित भए ।

केहीबेरमै त्यो ठाउँमा भीड लाग्यो । स्थानीले शंकास्पद बस्तु ‘बम हो कि ? भन्ने आशंकामा प्रहरीलाई खबर गरे ।

खबर पाएलगत्तै बम डिस्पोजका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगे । लगत्तै शान्ति सुरक्षा मध्यनजर गर्दै प्रहरीले पूर्व–पश्चिम राजमार्ग भुरिगाउँदेखि रानीपुरसम्म बन्द गर्यो ।

शंकास्पद अवस्थामा भेटिएको झोलामा रहेको वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्न खोज्दा बमको साटो त्यहाँ चरेस फेला पर्यो ।