सिद्धबाबालाई थप तीन दिन थुनामा राख्न अनुमति

२७ मंसिर २०७६, शुक्रबार १५:५०

काठमाडौँ , सिद्धबाबा लाई शुक्रबार जिल्ला अदालत सुनसरीले प्रहरीलाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।
उनलाई जबरजस्तीकरणी गरेको आरोपमा मंसिर १६ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले १० दिनको म्याद मागेकोमा अदालतले तीन दिनमात्र दिएको सुनसरी प्रहरीले बताएको छ । यसअघि सिद्धबाबा लाई चार दिन र सात दिनको अनुमति दिइएको थियो ।

अब प्रहरीले तीन दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउनेछ । अदालतले दिएको अनुमति अवधिभर सिद्धबाबा उपचारको क्रममा अस्पतालमै बसेका छन् ।