आयोगद्वारा मतदान केन्द्रको डिजाइन परिवर्तन

१९ कार्तिक २०७४, आईतवार ०३:२२

कात्तिक १९, काठमाडौँ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तीनवटा मतपत्र प्रयोग हुने भएपछि सोहीअनुसार मतदान केन्द्रहरूको ले–आउट डिजाइन परिवर्तन गगरिएको छ ।

आयोगले निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा मतपत्रमा स्वस्तिक चिह्न लगाउने तीनवटा गोप्यस्थल र तीनवटै मतपेटिका राख्ने निर्णय लिएको खबर आजको कान्तिपुरमा छापिएको छ ।

आगामी निर्वाचनमा मतदाताले तीनवटा मतपत्रबाट चार स्थानमा मतदान गरी तीनवटा फरक–फरक मतपेटिकामा खसाल्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा मतदाता नझुक्किऊन्, एउटा सभाको मतपत्र अर्को सभाको मतपेटिकामा नखसालुन् भनेर आयोगले विशेष ध्यान पु¥याउनुपर्ने छ ।