बँदेलको आक्रमणबाट तीन घाइते

२६ मंसिर २०७६, बिहीबार १६:३२
Wild boar

चितवन , भरतपुर महानगरपालिका–१३ गङ्गानगरमा आफ्नै खेतमा काम गरिरहेका समयमा बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले बताउनुभयो ।
बदेलको आक्रमणबाट स्थानीय ७६ वर्षीया केबी राई, ७१ वर्षीया कुमारी तामाङ र ३८ वर्षीय मोते दर्जी गरी तीन जना घाइते भएका छन । घाइते तीनै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।