नुवाकोटका पाँच स्थानीयतह अझै बैंकबिहीन

१९ कार्तिक २०७४, आईतवार ०३:००

कात्तिक १९, नुवाकोट, । नुवाकोटका १२ स्थानीयतहमध्ये पाँच स्थानीय तहमा ्अझै बैंक तथा वित्तीय संस्था खुल्न सकेका छैनन् । यसले आर्थिक कारोबार गर्न कठिनाइ भएको छ ।

जिल्लामा कायम रहेका बाह्रमध्ये किस्पाङ, तार्केश्वर, शिवपुरी, सूर्यगढी र पञ्चकन्या गाउँपालिकामा बैंक स्थापना नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीयतहका कर्मचारी र जनप्रतिनिधिलाई आर्थिक कारोबार गर्न समस्या भएको हो ।

सरकारले सबै स्थानीयतहमा एउटा वाणिज्य बैंक स्थापना गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन नहुँदा आर्थिक तथा वित्तीय कारोबारका लागि जिल्लाको सदरमुकाम तथा अन्य स्थानीयतहमा जानुपर्ने बाध्यता रहेको छ ।