नहरमा डुबेको अवस्थामा पन्तको शव भेटियो

२६ मंसिर २०७६, बिहीबार १२:१७

भीमदत्तनगर , कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृुत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव फेला परेको हो । घटनाबारे प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको छ ।