बाबुको हत्याको आशङ्कामा आमा छोरा पक्राउ

२५ मंसिर २०७६, बुधबार १६:०८

सुर्खेत , पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको हो । ‘घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको छ’, उनले भने, ‘अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो, अनुसन्धान हुँदैछ ।