
एजेन्सी , आलिया भट्ट बलिउडकी चर्चित र सफल नायिका हुन् । धेरैजसो आफ्नो नयां फिल्म र फोटोसुटका कारण चर्चामा आइरहने आलिया पछिल्लो समय प्रेमसम्बन्धका कारण चर्चामा आइरहेकी छिन् ।
लामो समयदेखी अभिनेता रणबीर कपुरसंग प्रेममा रहेकी आलिया अब विवाह गर्ने तयारीमा छिन् । भारतिय मिडियाका अनुसार यी दुईको विवाह सन् २०२० मा हुने भएको छ । रणबीर कपुर र आलिया भट्टको विवाहको लागी उनीहरुको अभिभावक राजी भएको बताइएको छ ।रणबीर कपुरसंग विवाह हुने भएपछी आलियाले विवाह काश्मिरमा गर्ने योजना बनाएकी छिन् ।
