अनलाइन ठगीमा संलग्न तिन जना पक्राउ

२५ मंसिर २०७६, बुधबार १०:५७

काठमाण्डौँ , महानगरीय अपराध महाशाखाको टोलीले नेपाली बैङ्क ह्याकिङ तथा अनलाइनबाट ठगीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।अनलाइनका माध्यमबाट पुरस्कार वा चिठ्ठा पर्यो जस्ता विभिन्न प्रलोभन देखाई उनीहरुले ठगी गर्ने गरेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार उनीहरुले विभिन्न बैङ्क ह्याकिङसम्म गरेको बताइएको छ । उनीहरुलाई काठमाडौँ लगायत देशका अन्य स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरुको नाम भने प्रहरीले खुलाएको छैन । यसबारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।