पत्रकार चापागाईमाथि प्रहरीको कुटपिट

२४ मंसिर २०७६, मंगलवार १३:२८

काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समाचार संकलनमा रहेका नागरिक दैनिकका पत्रकार सुमन चापागाईमाथि प्रहरीले कुटपिट गरेको छ। फोटो खिचेको निहुँमा प्रहरीले दशरथ रंगशाला परिसरमा कुटपिट गरेको हो। उनको कानबाट रगत आएको छ। घाइते चापागाईको त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।

१३ औं साग अन्तर्गत पुरुष फुटबलको अन्तिम खेलमा टिकट नपाएपछि भएको विरोधलाई उनी फोटो कैद गर्ने क्रममा थिए। सोही क्रममा उनी पिटिएका हुन्।