
सर्लाही , सदरमुकाम मलंगवामा ट्याक्टरको ठक्करबाट सोमवार राति एक महिलाको ज्यान गएको छ। प्रहरीका अनुसार मलंगवा नगरपालिका–४ बिश्वकर्मा चोकबाट दक्षिणतर्फ जाँदै गरेको ज १ त २६६६ नम्वरको ट्रयाक्टरले सोही दिशाातर्फ गइरहेको बिआर ३० आर ४९४१ नम्बरको भारतीय मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार चक्रघट्टा गाउँपालिका–९ २७ वर्षीया संगीतादेवि रायको घटना स्थलमै ज्यान गएको हो।
मृतकको शव जिल्लाअस्पताल मलंगवामा पोष्टमार्टम पश्चात परिवारलाई जिम्मा लगाइएको छ। प्रहरीका अनुसार ट्याक्टर चालकलाइ नियन्त्रणमा लिइ घटनाको अनुसन्धान भैरहेको छ।
