सुनको मूल्य आज पनि घट्यो

२३ मंसिर २०७६, सोमबार १३:४९

काठमाडौँ , साताको दोस्रो दिन आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रु ५०० ले घटेको सुनको मूल्य आज पनि प्रतितोला रु २०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७१ हजार २०० मा खरिदबिक्री भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ७० हजार ७०० कायम गरिएको छ । आइतबार तेजाबी सुनको प्रतितोला रु ७० हजार ९०० मा कारोवार भएको थियो । स्थानीय बजारमा चाँदीको मूल्य पनि ओरालो लागेको छ । महाससंघले चाँदीको मूल्य प्रतितोला रु ८३५ निर्धारण गरेको छ । आइतबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेको हो ।