१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ

२३ मंसिर २०७६, सोमबार १३:१७

कैलाली , १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । मोहन्यालय गाउँपालिका १ चायाभाबर बस्ने २० वर्षीय टेक बिकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बिकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुखडकपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।