कपिलवस्तुमा कार दुर्घटनाः १ जनाको ज्यान गयो ५ घाइते

२३ मंसिर २०७६, सोमबार १२:२०

कपिलवस्तु । बाणगंगा नगरपालिकामा कार दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने पाँचजना घाइते भएका छन् ।कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–८ को बोडगाउँमा भएको दुर्घटनामा अन्दाजी २९ वर्षीय सुरेश पाण्डेको ज्यान गएको हो ।
जितपुरका लागि आउँदै गरेको बा ६ च ६३९० नम्बरको कार दुर्घटनामा ज्यान जाने पाण्डे स्वयम कार चालक रहेको बताइएको छ । घाइतेहरु मध्ये दुई जनाको बुटवलमा उपचार भइरहेको छ भने दुई जनाको चार नम्बरस्थित कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।