गायिकाले केटी प्राइसले पूर्व प्रेमीलाई हत्या गर्ने धम्की दिएपछी

२३ मंसिर २०७६, सोमबार १०:१७

एजेन्सी , गायिका केटी प्राइसका पूर्व प्रेमी चार्ल्स ड्ररी आफ्नी पूर्व प्रेमिका प्राइसबाट पाएको ज्यान मार्ने धम्कीपछि डराएका छन् । द सन डट को डट यूकेको रिपोर्ट अनुसार चार्ल्सले दिएको जानकारी अनुसार बिहिबार राती पुलिसले उनीसँग तीन घण्टा सोधपुछ गरेको र जब उनले केटीलाई फोन गरेर उनको घरबाट आफ्नो कपडा फिर्ता लैजान भने तब केटीले उनलाई धम्की दिएको बताइएको छ । प्राइसले यदि उनी घरको वरिपरिमात्रै देखिए पनि उनलाई मारिदिने धम्की दिइन् । केटी यति धेरै आक्रोशित भएपछि उनी आफ्नो सुरक्षाका लागि चिन्तित छन् ।’