
काठमाण्डौ, विप्लव नेतृत्व नेकपा समूहका मेचीनगर इञ्चार्ज यामकुमार गिरी पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले गिरीलाई शुक्रबार बेलुका काठमाण्डौको तिनकुनेबाट पक्राउ गरेको हो ।
गिरीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिनुभयो ।
