
रुपन्देही , बुटवलमा तीन दिने साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी सुरु भएको छ । प्रगतिशील लेखक संघ नेपालका अनुसार महोत्सव २२ गतेसम्म हुँदैछ ।
प्रदर्शनीमा पाठ्यक्रमका पुस्तक भने नराखिने प्रलेसका अध्यक्ष दलबहादुर गुरुङले बताए । उनले भने, ‘पठन संस्कृति हराउँदै कमजोर हुँदै गएकाले महोत्सवको आयोजना गरिएको हो ।
नयाँ पुस्तामा पठन संस्कृतिको विकास गराउने लक्ष्य राखेर पुस्तक प्रदर्शनी आयोजना गरिएको सचिव श्यामलाल पोखरेलले बताए । महोत्सव तथा पुस्तक प्रदर्शनीमा दश हजार दर्शकले अवज्ञलोकन गर्ने र करिब ५ लाखको पुस्तकहरू बिक्री हुने आयोजकले अपेक्षा गरेका छन् ।
