सुनचाँदीको भाउ घट्यो

२२ मंसिर २०७६, आईतवार ११:४५

काठमाण्डौ , आज आइतबार सुनचाँदीको भाउ घटेको छ। सुनको भाउ आज आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी आज आइतबार तोलामा १० रुपैयाँ घटेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।