पाल्पाको केराबारीमा जिप दुर्घटनाः २ जनाको ज्यान गयो

१९ मंसिर २०७६, बिहीबार १३:४४

पाल्पा, सिदार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्डको केराबारी नजिकै जीप दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो ।

जीप सडकदेखि करिब ३ सय मिटर तल खसेर भिरमा अड्किएको छ । उक्त जीप कतिबेला भीरबाट खसेको भन्ने जानकारी नभएको दोभान प्रहरी चौकीका प्रहरी निरिक्षक बाल बहादुर घर्ति मगरले जानकारी दिनुभएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।