
एजेन्सी , सारा अली खान बलिउडमा बिभिन्न कारणले चर्चामा आइरहने नायिका हुन् । २०१८ मा फिल्म केदारनाथबाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री सारा पछिल्लो समय एक सफल नायिकाको रुपमा परिचित भएकी छिन् । अहिले उनलाई फिल्म खेल्न भ्याइ नभ्याइ छ ।
हरेक फिल्ममा उनको अभिनय धेरै नै रुचाइएको छ । अहिले उनलाई फिल्म खेल अफरहरु आइरहेको छ । उनले भर्खरै फिल्म ‘आज कल’को शूटिङ सकेकी छिन् ।
