विमानमा एक दम्पतीसहित तीन यात्रीलाई ह्दयाघात

१८ मंसिर २०७६, बुधबार १२:१०

पाकिस्तान इन्टरनेशनल एयरलाइन्स पीआईएको जेद्दाबाट इस्लामावाद उडानमा रहेको एक विमानमा एक दम्पतीसहित तीन यात्रीलाई ह्दयाघात भएको बताइएको छ। तीमध्ये एक महिला यात्रीको ज्यान गएको छ भने विवाहित जोडीलाई भने बचाइएको छ।

उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ। पीआईएको विमान उडान पीके–७४२ मा करिब २ सय २५ यात्रु सवार रहेको पाकिस्तान टुडेले जनाएको छ।आइतबार तीन यात्रीले टाउको दुखेको गुनासो गरेपछि विमानलाई कराँची हवाई अड्डामा आपत्कालीन अवतरण गरिएको थियो। अस्वस्थ्य यात्रुहरूको उपचारका लागि विमानस्थलमा एम्बुलेन्सको व्यवस्था गरिएको थियो ।