
म्याग्दी , चितुवा आक्रमण बढ्न थालेको भन्दै स्थानीय त्रसित भएको छ। चितुवाले आक्रमणबाट दैनिक बाख्रा, कुखुरा लगायतको जनावर मार्दै आएको स्थानीय दर्पण रोकाले जानकारी दिदै चितुवाको त्रासले स्थानीयहरु वनजंगलमा घाँस दाउरा गर्न जान पनि कठीन भएको बताउनु भएको छ।
आइतबार बेलुका मंगला गाउँपालिका झाँक्रिपानीका स्थानीय सोमबहादुर छन्त्यालको खोरमा चितुवाले तीन वटा बाख्रा मारेको छ। यसअघि सन्तोष थापाको ४ वटा र रनबहादुर रोकाको ८ वटा खसी, बोका र बाख्रा चितुवाले खाएको स्थानीय रोकाले जानकारी दिए।
