राष्ट्रियताका सवालमा राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिनु पर्छः नेताहरु (बिस्तृत भिडियोमा )

१७ मंसिर २०७६, मंगलवार १२:३७

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) प्रभावशाली युवा नेता आलोक रायमाझीले राष्ट्रियताको सवालमा सरकार कुटनीतिक लगायत धेरै कुरामा असफल भएको दावी गर्नु भएको छ भने राष्ट्रिय एकता पार्टीका अध्यक्ष शरद चन्द्र दाहालले पनि सरकारले सीमा समस्या समाधान गर्न नसकेको आरोप लगाउनु भएको छ । अनलाइन टिभी आयो टिभीको प्रस्तुती आयो संवाद कार्यक्रममा बोल्दै दुवै दलका नेताले यस्तो आरोप लगाउनु भएको हो । नेता रायमाझीले सरकारलाई दलालीको संज्ञा समेत दिनु भयो । देशमा महंगी बढाएको , सीमा समस्या समाधान गर्न नसकेको भन्दै रायमाझीले सरकारको कडा आलोचना गर्नु भयो । नेता रायमाझीले राष्ट्रियताका सवालमा राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिनु पर्ने बताउनु भयो । नेता रायमाझीले सीमा समस्याका बिषयमा बोल्दा र शान्तिपूर्ण आन्दोलनमा सहभागी हुदाँ सरकारले आफूलाई हिरासतमा राखेको बताउनु भयो । उहाँले यो सरकारले सिमा समस्या समाधान गर्न नसक्ने बताउनु भयो । त्यस्तै राष्ट्रिय एकता पार्टीका अध्यक्ष शरद चन्द्र दाहालले सरकार भारतको हेपा प्रवृतिका बिरुद्ध खुलेर बोल्न नसकेको बताउनु भयो । नेता दाहालले राष्ट्र निर्माणमा राजसंस्थाको महत्वपूर्ण योगदान र भूमिका रहेको बताउनु भयो । उहाँले सरकारको काम कारवाही सन्तोषजनक नरहेको बताउनु भयो ।