
काठमाडौं , १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेकी अनु अधिकारीले स्वर्ण पदक जितेकी छिन्। सोमबार सातदोबाटोस्थित कर्भड हलमा भएको महिला ५० केजीभन्दा तल तौल समूहमा श्रीलंकाकी खेलाडीलाई हराउँदै अधिकारीले स्वर्ण जित्न सफल भएकी हुन्।
यसअघि उनी बंगलादेशकी खेलाडीलाई हराउँदै फाइलनमा प्रवेश गरेकी थिइन्। यसैगरी तेन्कवान्दोको पियर पुम्से प्रतिस्पर्धामा नेपालकी आयशा शाक्य र संजीव कुमार ओझाको जोडीले स्वर्ण पदक जित्न सफल भएको छ।
हालसम्म नेपालले १३ स्वर्ण जितिसकेको छ। सोमबारको अनुको स्वर्ण पदकसँगै करातेको प्रतिस्पर्धा सकिएको छ। सोमबार ९ वटा स्वर्णका लागि भएको कराते खेलमा नेपालले ७ वटा स्वर्ण जित्न सफल भएको छ।दुईवटा स्वर्ण भने पाकिस्तानले आफ्नो पोल्टामा पारेको छ। तेक्वान्दोको प्रतिस्पर्धा भने जारी छ। अन्नपूर्ण पोष्टबाट
