
काठमाडौं , मेरी बास्सैका हास्य कलाकार बल्छी धुर्वेको नाममा चलचित्र बन्ने भएको बताइएको छ । लुम्बिनी मुभि मेकरले बल्छीको नाममा चलचित्र निर्माण हुन लागेको जनाएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रम समारोहकाबिच शुभमूर्हुत गरिएको चलचित्र राजधानी र उपत्यकाबाहिर छायांकन हुने चलचित्र निर्माण समितिले जानकारी गराएको छ । सो चलचित्रमा आश्मा तिवारी, प्रेरणा वोहरा, सुरेन्द्र बराल, दीपक घिमिरे, अर्चना सुवेदी, योजना पुनमगर, रामशरण खत्री, राजन श्रेष्ठ, संगम प्रजापती, लालप्रसाद सापकोटा र दीपक भण्डारीलगायत कलाकारहरूको मुख्य भूमिका रहने छ भने चलचित्रमा बालकलाकार युना खड्का र समिर प्रजापतिको समेत अभिनय रहने बताइएको छ ।
