
कास्की , आज बिहान पोखरा महानगरपालिका–२० मौजाको विसौनामा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गरिएको छ । सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरुङका अनुसार सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदारमध्ये तीन जनाको शवबाहिर निकालिएको बताउनु भएको छ ।
स्थानीयवासीका अनुसार अझै तीन–चारजना ढिस्कोमा पुरिएको हुन सक्ने आशङ्कारहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
