कुटपिटबाट कञ्चनपुरमा एक युवाको ज्यान गयो

१३ मंसिर २०७६, शुक्रबार १५:२९

कञ्चनपुर , सामान्य मोटरसाइकल दुर्घटनाको निहुँमा सामुहिक कुटपिटबाट कञ्चनपुरमा एक युवाको ज्यान गएको छ ।
बिहीबार मोटरसाइकल ओभरटेक गरेको निहुँमा केही युवाहरुले भिमदत्तनगरपालीका १८ गोबरैया नजिकै युवकलाई कुटपिट गरी हत्या गरेका हुन् । घटनामा महाकाली नगरपालिका कञ्चनपुरका २२ वर्षीय दीपक पन्तको ज्यान गएको हो । नगरपालिकाबाट आफ्ना बुबालाई मोटरसाइकलमा राखेर महेन्द्रनगर बजारतर्फ आउँदै गर्दा मोटरसाइकल ओभरटेक गरेको भन्दै चार पाँच जनाको समुहले चक्कु तथा हेलमेट प्रहार गरी निर्घात कुटपिट गर्दा घाइते भएका युवालाई महाकाली अस्पतालबाट थप उपचारका लागि भारतको खटीमा पुर्याइएको थियो । अस्पतालमै उनको ज्यान गएको प्रत्यक्षदर्शी मृतकका साथी जगदीश जोशीले जानकारी दिए ।

कुटपिट गर्ने चारजना सहित स्कुटी र मोटरसाइकलसमेत नियन्त्रणमा लिएको बताइए पनि प्रहरीले आधिकारीक रुपमा जानकारी दिएको छैन ।