
सिरहा , जिल्लाको सुखीपुर नगरपालिकामा एक अनौठो जनावर भेटिएको छ । बुधवार सुखीपुर नगरपालिका–१० बस्ने कारी साहको घर नजिकै रहेको करेसाबारीमा एक अनौठो जनावर भेटिएको हो । अनौठो स्वरुप भएको उक्त जीव हेर्दा भालु प्रजाति जस्तो देखिन्छ भने यसका रौँ गोहीका जस्ता छन् तर यो जीव न त गोही हो न त भालु नै हो ।
राजापाका स्थानीय युवा रोशन यादवका अनुसार अनौठो र अचम्मजनक देखिने यो जीव हेर्न स्थानीयहरुको भिड नै लागेपछि जीवलाई इलाका प्रहरी कार्यालय सुखीपुरमा पठाइएको हो ।
