
एजेन्सी , चर्चित गायक तथा मोडल गडफ्रे गाओको मृत्युभएको छ । बिहिबार टिभी शोको सुटिङ गर्दा लडेका उनको अस्पतालमा मृत्यु भएको हो । चीनमा एक रियालिटी टिभी शो ‘चेज मी’ को सुटिङ गर्ने क्रममा उनी एक्कासी लडेका थिए लडेपछी उनलाई अस्पताल लगिएको थियो ।
अस्पतालमा उनको कार्डियक अरेष्टका कारण मृत्युभएको हो । सुटिङ गर्दागर्दै लडेर बेहोस भएका उनलाई अस्पताल पुर्याएपछी मृतघोषणा गरिएको थियो । ताइवानमा जन्मिएका ३५ वर्षका गाओको चर्चित गायक तथा मोडल थिए । उनी पहिलो एशियाली पुरुष मोडल पनि हुन् । उनको नाम चीनमा निकै चर्चित छ ।
