नयाँ रेकर्ड राखिन गायिका टेलर स्विफ्टले

१२ मंसिर २०७६, बिहीबार १०:४०

एजेन्सी , अमेरिकन म्युजिक अवार्ड एएमए मा गायिका टेलर स्विफ्टले सबैभन्दा बढी एएमए जित्ने रेकर्ड कायम गरेकी छिन्। को अवार्ड समारोहमा स्विफ्टले विभिन्न ६ विधामा अवार्ड हात पारिन्।

यसअघि सबैभन्दा बढी एएमए अवार्ड जित्ने रेकर्ड दिवंगत गायक माइकल ज्याक्सनको नाममा थियो। उनले २४ एएमए अवार्ड जितेका थिए।
स्विफ्टको यो अवार्डसँगै डेढ दशकको करियरमा २९ वर्षीया स्विफ्टले २९ एएमए जितेर नयाँ रेकर्ड कायम गरेकी हुन्।