
एजेन्सी, मुम्बई , बलिउड अभिनेता टाइगर श्राफ चलचित्र सुटिङका क्रममा घाइते भएका छन् । चलचित्र ‘बाघी–३’ को एक एक्सन सुटिङका क्रममा घाइते भएको उनले इन्स्टामा एक फोटो पोस्ट गर्दै जनाएका छन् । एक फाइट सिनमा आफू घाइते भएको र अहिले भने ठिक भइसकेको टाइगरले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
उनले इन्स्टामा एक तस्बिर पोस्ट गर्दै आफू सुटिङका क्रममा घाइते भएको जानकारी दिएका हुन् । नृत्य र एक्सनबाट करोडौँ दर्शक उनीबाट प्रभावित छन् । टाइगरले अहिलेसम्म जति चलचित्रमा काम गरे तिनमा दर्शकले नृत्य र एक्सन दुवै हेर्न पाएका छन् । उनीसँगका समकालीन कलाकारले उनको जत्तिको राम्रो नृत्य र एक्सन सिन गर्न नसक्ने भारतीय संचारमाध्यमले जनाएका छन् ।
