पानी भर्ने क्रममा ६० वर्षीया महिलालाई नदिले बगायो

१० मंसिर २०७६, मंगलवार १२:२३

ताप्लेजुङ , जिल्लाको पाथीभरा याङवरक गाउँपालिका–१ बस्ने ६० वर्षीया संगिता सुनुवारलाई तमोर नदीले बगाउँदा बेपत्ता भएकी हुन् । प्रहरीका अनुसार सोमबार दिउँसो पौने ५ बजेको समयमा तमोर नदी किनारामा रहेको फेनेबुङ बेशीमा धान काट्न गएकी सुनुवार नदीमा गई पानी भर्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएकी हुन ।
नदीले बगाएर बेपत्ता भएकी सुनुवारको प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको टोलीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।