बलिउड अभिनेत्री वाणी कपुर हरे राम’ लेखेको विकनीले विवादमा

८ मंसिर २०७६, आईतवार १८:११

एजेन्सी

मुम्बई , बलिउड अभिनेत्री वाणी कपुरले इन्स्टाग्राममा ‘हरे राम’ लेखेको विकनी लगाएको तस्बिर सेयर गरेपछि विवादमा तानिएकी छन्। उनले विकनीमा भगवान्को नाम लेखेर धर्मप्रति अपमान गरेको भन्दै सामाजिक सञ्जालमा तीव्र विरोध भएको छ।
टिप्पणीकर्ताहरूले जुनसुकै कपडालाई पनि फेसनको रूपमा प्रयोग गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने बताएका छन्। उनीविरुद्ध मुद्दासमेत दर्ता भएको छ।

समाचारअनुसार मुम्बईको एनएम जोशी मार्गमा रहेको प्रहरी चौकीमा रमा सावन्त नामक महिलाले वाणीविरुद्ध मुद्दा दर्ता गराएकी हुन्। वाणीले मानिसहरूको धार्मिक भावनामा ठेस पु¥याएको आरोप उनले लगाएकी छन्।

अहिले वाणीले इन्स्टाग्रामबाट ट्रोल बनेको तस्बिर भने डिलिट गरेकी छन्। यद्यपि, तस्बिर सामाजिक सञ्जालमा भाइरल भइसकेको छ।