पूजा सुनुवारको ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियोमा प्रकाश सपुत र नायिका वर्षा राउत (भिडियो)

८ मंसिर २०७६, आईतवार १३:५८

काठमाडौं , गलबन्दीका गायक, एबम मोडेल प्रकाश सपुतको अर्को भिडियो सार्वजनिक भएको छ। गायिका पूजा सुनुवारको रहर एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियोमा प्रकाश सपुत र नायिका वर्षा राउत अभिनय रहेको छ।

डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम रहरलाई, वरिष्ठ संगीतकार लक्ष्मण शेषले सार्वजनिक गरे। सार्वजनिक एल्बममा पाँच गीत समावेश भएका छन। अनुप चापागाईँको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोलाई उत्सब दाहालले छायाँकन र विकाश दाहालले सम्पादन गरेका छन्। दीपक शर्माको शब्द र संगीत रहेको सो गीत ‘हुन्छ भनन’मा डेबिड शंकरको मेल भोकल रहेको छ।