मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गयो

८ मंसिर २०७६, आईतवार १३:१६

तनहुँ , पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ज्यान जानेमा मकवानपुर घर भई हाल शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने ६० वर्षीय सोमबहादुर तामाङ रहेका छन ।
तामाङको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । उनलाई दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि पोखरा पठाइएको थियो । पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १७ प १२९८ नंको मोटरसाइकलको ठक्करबाट घाइते तामाङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आज बिहान ज्यान गएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।