कात्तिक १८, काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्याक्ष नारायणमान बिजुक्छेले भक्तपुरवासीलाई यसपटक ‘सरप्राइज’ दिएका छन् ।
२०४८ सालदेखि निरन्तर जित्दै आएका उनले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दर्ता नगरेकाले भक्तपुरबासी ‘सरप्राइज’ भएका हुन् । आपूmले जित्ने निश्चित प्राय भएपनि यसपटक दोस्रो पुस्ताका नेता प्रेम सुवाललाई बिजुक्छेले भक्तपुरको मैदानमा अघि सारेका छन् ।
यससँगै भक्तपुरवासीले अर्को ‘सरप्राइज’ पनि पाएको आजको नागरिकमा खबर छ । निकै लामो समयदेखि राजनीतिक जीवन त्यागेका नेता तथा पूर्व सभामुख दमन्नाथ ढुङ्गाना भक्तपुरबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् ।
यससँगै भक्तपुरको चुनावी रोचकता अझ थपिएको छ ।
