
सिरहा प्रहरीले दुई वटा अमेरिकन पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।सिरहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार सिरहा कल्याणपुर नगरपालिका ३ इटारी का २१ वर्षीय अहमद मियाँलाई दुई वटा पेस्तोलसहित पक्राउ गरिएको हो ।
मियाँले कहाँबाट पेस्तोल ल्याए भन्ने खुल्न सकेको छैन। पक्राउ परेका मियाँलाई हिरासतमा लिई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
