
काभ्रे , मंगलबार बिहान ९ बजेको समयमा मण्ढननदेउपुर नगरपालिका– ६ स्थित ईन्द्रावती खोलामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ५ गंगोरटोल बस्ने सुब्बा तामाङको छोरा २८ बर्षीय लाक्पा तामाङको मृत अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुसार सिन्धुपाल्चोकमा नै मध्यपहाडी लोकमार्गमा लेबर काम गर्दै आईरहेका तामाङको शव खोला किनारमा घोप्टो परेको अवस्थामा फेला परेको हो। उनको मृत शरिरको मेचुल्का गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
