किन लाग्छ महिलालाई यौन रोग यस्ता छन् कारणहरु

३० असार २०७८, बुधबार १६:१६

 

एजेन्सी ।  महिलालाई यौन रोग हुनु भनेको सामान्य कुरा हो । पुरुषको तुलनामा महिलामा यौन रोग हुने सम्भावना बढि हुन्छ । यौन रोगहरुको संक्रमण विशेष रुपमा गोप्य अंग चिलाइरहनु अथवा यूटीआई, गन्हाउनु, सेतो दाग देखिनु, सेतो पानी बग्नु, फङ्गस इन्फेक्शन आदि महिलाहरुमा देखिने सामान्य यौनसंग सम्बन्धित रोगहरु हुन् ।

महिलाहरुमा यौन रोग लाग्नुका कारण

महिलाहरुमा यौन रोग हुनुको मुख्य कारण असुरक्षित यौनसम्पर्क र यसबारेमा जानकारी नहुनु, इन्जेक्सन र स्तनपान आदि हुन् । यसबाहेक यौन सम्पर्कसंग सम्बन्धित त्यस्ता धेरै कुराहरु जसले यी रोगहरुलाई जन्माउँछ ।
महिलाहरुमा देखिने रोगहरुः

क्लेमिडिया महिलाहरुमा क्लेमिडिया रोग क्लेमिडिया ट्रेकोमेटिस नामक जीवाणुबाट हुन्छ । यो रोगमा देखिने लक्षण पिसाव फेर्दा पीडा हुनु,तल्लो पेट दुख्नु ,यौन सम्पर्कको बेलामा पिडा हुने ,महिनावारीको समयमा धेरै रगत बग्नु, आदि ।

गोनोरिया धातु रोग यो रोग ब्याक्टेरियाबाट हुन्छ, जुन शरीरमा तिव्र गतिले फैलन्छ । जसको कारणले घाँटी, मुत्रथैली, योनी आदि संक्रमित हुन्छ । अन्य लक्षणमा योनीबाट रगत बगिरहनु,पिसाव फेर्दा पीडा हुनु,लामो समयसम्म रक्त श्राप हुनु ,योनी चिलाइरहनु जस्ता लक्षण देखिन्छ ।

सिफिलिस

ट्रेपेनेमा पेलिडम सिफलिस भाइरस यस संक्रमणको मुख्य कारण हो । महिलाहरुमा यो संक्रमण महिलाको गोप्य अंगको बाहिरी भाग, सर्विक्स र गुद्वारमा हुन्छ ।

जेनिटल वार्ट

महिलाहरुमा सामान्यतया देखिने यो रोग एचपीवी अथवा हृयूमन पेपिलोमा भाइरस हो । यस रोगमा महिलाको गोप्य अंगमा मुसा ९छालामा निस्कने एक प्रकारको फोका निस्कन्छ । जुन छालाको रंगको नै हुन्छ । यो चिलाउँछ तर छुँदा दुख्दैन । यसले एचपीवी अर्थात पाठेघरको मुखको क्यान्सर हुन सक्ने सम्भावना हुन्छ ।यसका
लक्षणमा महीनावारी हुदा पीडा हुनु ,योनी चिलाउनु,यौनसम्पर्कको समयमा रगत बग्नु जस्ता लक्षण देखा पर्छ ।

जेनिटल हर्पीजःमहिलामा लाग्ने यौन रोग मध्ये यो पनि पर्छ यसको संक्रमणले ग्रसित महिलालाई ज्वरो आउने, थकाइ लाग्ने र ढाडको तल्लो भागमा पीडा हुने र सुन्निने जस्ता समस्या हुन्छ । यो रोगका निम्न प्रकारका लक्षणहरु देखा पर्छन ।गुद्वार, योनी र अन्य क्षेत्रमा साना रातो दाना निस्कन्छ । यसको साथै योनी, तिर्घाको वरपर चिलाउनु अथवा दुख्ने हुन्छ ।

ब्याक्टेरियल भेजिनोसिस

जब महिलाको योनी जीवाणु बढ्न थाल्छ, ब्याक्टेरियल भेजिनोसिसको समस्या बढ्न थाल्छ । प्रायः यो रोगले ग्रसित महिलामा कुनै प्रकारको लक्षण देखिँदैन । यसका जीवाणुहरु बढ्दा कुनै किसिमको नोक्सान नहुने भएकोले यसका लक्षणहरु नदेखिएका हुन् । तर पनि कहिलेकाँहि यस रोगका केहि लक्षणहरु उत्पन्न हुन्छ ।योनिबाट सेतो पानी अथवा पहेंलो पानी बग्नु,अत्याधिक गन्हाउनु,पीसाव फेर्दा पीडा हुनु,योनीको बाहिरी भागमा चिलाउनु,रातो दाग बस्नु र सुन्निनु ।
केन्डिडा

यो एक किसिमको यिस्टको संक्रमण हो । यो संक्रमणमा पनि प्रारम्भमा कुनै लक्षण देखिंदैन । यसका केहि लक्षणहरु निम्न प्रकारका छन् ।योनीको वरिपरी पोल्नु,योनी चिलाउनु,रातो हुनु र सुन्निन ,योनीबाट गाढा गन्हाउने तरल पदार्थ बग्नु,पीसाव फेर्दा र यौनसम्पर्क राख्दा पिडा हुनु ।

वाटर वाट

यस्ता संक्रमण भाइरसको कारण हुन्छ र छालामा नराम्रो असर गर्छ । यसको लक्षण निम्न प्रकार छन् ।पानी भरिएको सानो फोका योनी, गुद्वार,तिर्घामा देखिनु

एक्टोपेरासिटिक

यस्ता संक्रमण साना परजीवी किरा अथवा जुम्राहरुका कारण हुने गर्छ । यसले कपाल र छालालाई प्रभावित गर्छ । यसका निम्न लक्षणहरु हुन्छ ।योनी धेरै चिलाउनु र शरीरमा स साना फोकाहरु देखिनु ।

इम्यूनोडेफिशियेन्सी भाइरस एचआइभी

एड्सको कारण उत्पन्न हुने भाइरसलाई एचआईभी भनिन्छ । यो रगत, योनी,स्तनको दुधको माध्यमबाट सर्न सक्छ । यसका निम्न लक्षणहरु हुन्छन् ।मन्द ज्वरो आउनु ,थकाइ लाग्नु ,मांसपेशी दुख्नु ,वजन घट्नु आदि ।
यी मध्ये कुनै पनि यौन रोगका लक्षण देखा परेमा तुरुन्त चिकित्सककोमा गएर परिक्षण गनुपर्छ ।